ओपो, टेकरेडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ‘वान टू वाच एवार्ड’बाट सम्मानित

| काठमाडौं

स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्ये एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाच प्राइज’द्वारा सम्मान गरिएको छ ।

यस वर्ष ओपोले आफ्नो नवप्रवर्तनात्मक प्रविधि र मापदण्डभन्दा माथि उठेर विकासका चुनौती स्वीकार्ने प्रबृत्तिका कारण शाब्दिक रुपमा जुरीलाई उत्साहित तुल्याउन सफल भएको देखिन्छ । तिब्र प्रतिस्पर्धाका बाबजुत ओपोले आफूलाई यसवर्षको हेर्नै पर्ने ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको छ ।

‘हाम्रो ब्राण्ड र उत्पादन प्रतिको निरन्तर माया, साथ र सहयोगका लागि हामी समस्त उपभोक्ता प्रति कृतज्ञ छौँ । यस एवार्डले उपभोक्ताका चाहना, माग र आवश्यकताको समाधानका लागि हाम्रो नवप्रवर्तन, डिजाइन र विकासप्रतिको निरन्तर लगाव र प्रयत्नको सम्मानका रुपमा हामीले लिएका छौँ ।’, सम्मानका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘यो सम्मानले हामीलाई भविष्यमा अँझ उत्कृष्टताका साथ प्रस्तुत हुने प्रोत्साहन मिलेको छ । साथै, यसले हाम्रा मूल्य मान्यता र भविष्य लक्षित स्मार्टफोन निर्माण गर्ने निरन्तर तृष्णा प्रतिविम्बित गर्छ ।’

यस प्रतिष्ठित एवार्डले ओपोलाई स्मार्टफोन बजारको एक अग्रणी ब्राण्डका रुपमा स्थापित आफ्नो छविलाई निरन्तर्ता दिएको छ । नवप्रवर्तनात्मक प्रविधि, क्रान्तिकारी डिजाइन र कलात्मक उत्पादनका लागि ओपोको निरन्तर प्रतिबद्धताको सम्मान स्वरुप यो एवार्ड प्रदान गरिएको हो ।

उपभोक्ताद्वारा भविष्यको नवप्रवर्तन छनोट

विभिन्न कम्पनी मध्यबाट उपभोक्ताको छनोटका आधारमा लंदनमा आयोजित कार्यक्रम मार्फत ओपोलाई ‘वान टू वाच प्राइज’द्वारा सम्मानित गरिएको हो । करिब ३ महिना अगाडि मात्रै ओपो आधिकारिक रुपमा यूरोप प्रवेश गरेको हो । यो छोटो अवधिमै यूरोपेली बजारमा ओपोलाई अग्रणी ब्राण्डका रुपमा हेर्न थालिएको छ । कम्पनीले यस वर्षकै महत्वपूर्ण प्राविधिक विकासका रुपमा हेरिएको स्टिल्थ थ्रीडी क्यामेरा मार्फत सबैलाई चकित तुल्याएको छ ।

एवार्डका बारेमा

मोबाइल च्वाइस कञ्जुमर एवार्ड, विगत १८ वर्षदेखि मोबाइल उद्योगका उत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर)लाई सम्मानित गरिने कार्यक्रम हो । सन् २०१८को विशेष संस्करणका लागि मोबाइल च्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकरेडार’सँग अझ बढी उपभोक्ता भोटिङका लागि सहकार्य गरेको छ ।

वान टू वाच एवार्ड मार्फत कार्यक्रमले भविष्यको मोबाइल उद्योगलाई नयाँ आयाम र परिभाषा दिन प्रयत्नरत कम्पनीलाई सम्मान दिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

ओपोको आर १७ प्रो सार्वजनिक गर्ने तयारी

img

चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले ...

ओपो ए सेवेन प्रवेश, स्वस्तिमाको साथ भव्य ‘चार्ज्ड अप फस्र्ट सेल्स ईभेन्ट’

img

ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि ...

लाङटाङमा रिपिटर टावरको माग

img

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान ...

ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि-अर्डर सुरुवातको घोषण

img

सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो ...

ओपोद्वारा ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार ...

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’

img

फोनको दूरुपयोगको आवाजहरू आइरहेको बेला सूचना प्रविधि सम्वन्धी काम गर्दै आएको कम्पनी ...

पत्रपत्रिका

सबै