`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

| काठमाडौं, चाबेल

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, विश्वासपद्धति लगायत चाहिँ एक-एक थुङ्गा हुन् । यिनीहरूमध्ये कुनै एकको उपस्थितिले मात्रै पूर्ण सभ्यता बन्दैन । सभ्यता निर्माणमा चाडपर्वले पनि विशेष भूमिका खेल्न सक्नु पर्दछ । यिनीहरूका सिधा सम्बन्ध पर्यावरणसँग हुन्छ । ऋतुलाई चिन्न नसक्ने हो भने चाडपर्व अल्मलिन सक्छन् । ऋतुगत पक्षसँग अमिल्दो संस्कार, संस्कृति, मूल्य, मान्यता र विश्वासपद्धति मात्रै नभएर चाडपर्व पनि छिटै पतन वा लोप हुने प्रवलता रहन्छ । पर्यावरीय महत्त्व बुझ्न नसक्नेका लागि चाडपर्वहरू अनावश्यक बोझ (भार) मात्र लाग्न सक्छन् । त्यसरी अनावश्यक बोझको रूपमा मान्नु वा हेर्नु भनेको असामाजिकता वा पर्यावरणीय पक्ष र मानव समुदायबीच स्थापित अन्योन्याश्रति सम्बन्धलाई चिन्न नसक्नु हो ।

हरेक चाडपर्वले स्थानीय पर्यावरणमा समुदायलाई अनुकूलित गराउन सक्नु पर्दछ । यसको अभावमा समाजको मृत्यु हुन्छ । त्यसो त असल चाडपर्वले समाजलाई दीगोशान्तितिर डोर्‍याउनु पर्दछ । कुनै एक पक्षको पृष्ठपोषण गर्ने र अर्को पक्षको छातीमा घोचिरहने सुइरोको काम हुनु हुँदैन । त्यसो गरे वा भएमा दूर्भाग्यपूर्ण सावित हुन बेर लाग्दैन । यद्यपि केही चाडपर्व तथा संस्कृतिहरूमा यही समस्या देखिएका छन्; जसका कारण केही चाडपर्वले सबैलाई एकै स्थानमा जुटाउनुको सट्टा फुटाउने काम गरिरहेका देखिन्छन् । चाडपर्वले त दुश्मनहरूका बीचमा पनि समभाव तथा सद्भावपूर्ण वातावरण सिर्जना गर्न सक्नुपर्दछ । अन्यथा त्यस्ता चाडपर्वले दीगोशान्तिको सट्टा वैमनुष्यता साथै द्वन्द्वको भय सिर्जना गर्ने मात्रै नभएर कुनैपनि बेला अकल्पनीय दुर्घटनाको घानमा फसाउनेछ ।

`कुनै एक समयको कुनै एक जना व्यक्तिलाई शत्रु मानेका थिए होलान् । तिनलाई कुनै एक जनाले जितेको पनि थियो होला । आजसम्म पनि त्यसैलाई विजयोत्सवको रूपमा मनाइरहेका छन् । यस्तो कार्य भनेको युद्धको उन्मादि हो । युद्धको धङधङी हो । मानव रगतको प्यास हो । जुन अस्वाभाविक मात्रै नभएर अर्को भयानक द्वन्द्वको तयारी हो । पुनः युद्धको आह्वान हो ।´

यतिखेर देशमा हिन्दू मात्रको बडादशैँ छाएको छ । कथित मूलधारका सञ्चार माध्यमहरूदेखि स्वयम् सरकारसमेत यसैको पक्षमा उभिएको छ । यही बडादशैँ पनि विजयादशमीको उन्मादमा हौसिएको छ । कुनै एक समयको कुनै एक जना व्यक्तिलाई शत्रु मानेका थिए होलान् । तिनलाई कुनै एक जनाले जितेको पनि थियो होला । आजसम्म पनि त्यसैलाई विजयोत्सवको रूपमा मनाइरहेका छन् । यस्तो कार्य भनेको युद्धको उन्मादि हो । युद्धको धङधङी हो । मानव रगतको प्यास हो । जुन अस्वाभाविक मात्रै नभएर अर्को भयानक द्वन्द्वको तयारी हो । पुनः युद्धको आह्वान हो । भारतको झारखण्डका असुर भनिएकाहरू आज पनि महिषासुरको पूजा आराधना गरिरहेका छन् । अर्को पक्षले महिषासुरमाथि विजय हासिल गरेको दिनको सम्झनामा महिषासुरका समुदायको मुटुमा सुइरो घोप्न छाडेका छैनन् । रामले रावणलाई जितेको थियो होला । त्यही घटनालाई कथित धर्मसँग जोडेर स्वैरकाल्पनिक मिथको आधारमा रावणको पुत्ला जलाइरहनु भनेको सिधै युद्धको लागि आह्वान गरिरहेका हुन् भन्ने रूपमा लिने हो भने के दशैँ वा 'दशहरा'ले त्यसपछिको क्षतिलाई थेग्न सक्ला ? त्यसको जिम्मेवारी लिन सक्छ ?

`हो; दशैँ भनेको हिन्दूकै हो । कुनै बेलाको युद्धसँग जोडिएको राजनैतिक युद्ध (घटना) हो । कुनै पनि राजनैतिक युद्धहरू समाप्तिपछि त्यसको समाधान आवश्यक हुन्छ । जबरजस्त दबाएर मात्रै राख्न सकिन्न । कुनै न कुनै बेला मौका पर्न साथ विद्रोह हुन्छ ।´

हो; दशैँ भनेको हिन्दूकै हो । कुनै बेलाको युद्धसँग जोडिएको राजनैतिक युद्ध (घटना) हो । कुनै पनि राजनैतिक युद्धहरू समाप्तिपछि त्यसको समाधान आवश्यक हुन्छ । जबरजस्त दबाएर मात्रै राख्न सकिन्न । कुनै न कुनै बेला मौका पर्न साथ विद्रोह हुन्छ । रावण र राम साथै महिषासुर र देवीका बीच भएका लडार्इँलाई दशहरा वा दशैँका रूपमा चाडपर्व बनाउनु भनेको पानीको मुहानमा बिर्को लगाएर राख्नु जस्तै हो । जुन कार्य मुर्खले मात्रै गर्न सक्छन्; किनकी त्यसरी लगाएका बिर्कोका कारण अन्ततः विष्फोट हुनेछ । जसको परिणाम कल्पनाभन्दा कयौं गुणाको हुनेछ । त्यसैले हिजो जे भयो; सकियो । अब नयाँ तरीकाबाट सोच्न र पाइला चाल्न आवश्यक छ । यस्ता पाइला साँच्चै समयको माग हो । भविष्यमा दीगोशान्तिमयी सुनिश्चितताको उपाय हो ।

 

त्यस्तैगरी २०६२/०६३ सम्ममा भएका युद्धहरूबाट कुनै एक पक्षले जित्यो र अर्कोले हार्‍यो । तथापि यहाँका सबै पक्षहरूले जित्ने (वीन वीन सिचुएसन)को महशुश हुनेगरी समाधान गर्ने कुरा पनि गरे । व्यवहारमा चाहिँ दशैँको नाममा रावण र महिषासुरलाई राक्षस बनाउने अनि राम र देवीलाई दैवीकरण गर्ने काम मात्रै भयो; अर्थात् २०६२/०६३ को आन्दोलनपछि तत्कालिक संसदीय सात दल साथै नेकपा माओवादीलाई दैवीकरण गर्ने अनि राजावादीलाई राक्षसीकरण गर्ने काम मात्रै भयो । फेरि पनि वीन वीन सिचुएसनको नाराले राजावादीलाई पनि दूधले नुहाइदिने काम गर्‍यो । त्यसपछि खलनायक (राक्षस)को आवश्यकता खटि्कयो । सोहीक्रममा आदिवासी जनजातिलाई खलनायकको रूपमा चित्रण गर्न अनेक हत्कण्डा अपनाए । अन्ततः खड्गप्रसाद ओलीको उदयसँगै आदिवासी जनजातिलाई खलनायकको रूपमा स्थापित गराउन सफल देखिए ।

आज पनि राज्यसत्ता चाहिँ- धार्मिक रूपमा दशैँको नाममा आदिवासी जनजातिलाई राक्षसीकरण अनि फिरिङ्गेलाई दैवीकरण गर्ने क्रममा अभ्यस्त रहेको छ । राजनैतिक रूपमा पनि समृद्धिको नारा सफल पार्न भूमिपुत्रका गला रेटेर बलि चढाउँदैछन् । आफ्नो भविष्य सुनिश्चितताका लागि आदिवासी जनजातिलाई कथित देश (राष्ट्रियता)को नाममा शहीद हुन आदेश दिइरहेको छ । पुर्खाका रगतमा होली खेलेको राज्यसत्ता आज सन्ततिका मुटु कलेजा भुटेर नैवेद्य तयार पार्दैछन् । दशैँलाई विजयादशमीको रूपमा स्थापित गराउनका लागि आदिवासी जनजातिका मुटुमा सुइरो रोप्न तल्लीन रहेका छन् । भेँडाच्याङ्ग्राका मासुले धीत नमरेकाले भूमिपुत्रको साँप्रो र ह्याकुला मागिरहेका छन् ।a यसैकारण हिन्दूको मात्रै भनिएको दशैँमा लगाएका रातो टीकामा यहाँका भूमिपुत्रहरूले आफ्ना पुर्खाका रगत देखिरहेका छन् । केही सीप नचलेकै कारण दशैँ बहिष्कार गर्दै आएका छन् । त्यसक्रममा आफ्ना मौलिक पर्वलाई समेत फाल्न पछि परेका छैनन् । त्यस्ता कार्य भनेको राउटेहरूले नफापेको भन्दै स्थापित गृहस्थ जीवन त्यागेर वन पसेको भनेर सुनाउने कथा जस्तै मान्न सकिन्छ । यसप्रकार दशैँ भनेको आदिवासी जनजातिहरूका मुटुमा बिझाएको काँढो सावित भएको छ । उता खड्गप्रसाद ओली आफैँलाई भालेश्वरमा उभिएपछि राजनैतिक रूपमा काठमाडौंका नेवारलाई समाप्त पार्ने दोस्रो पृथ्वीनारायण शाह भएको कल्पनामा जुङ्गामा ताउ लगाउँछन् । त्रिभूवन विश्वविद्यालयमा पुगेपछि 'खदा'लाई नेपाली संस्कृति होइन भनेर दाबी गर्छन् र खदा प्रयोग गर्ने बौद्धमार्गीहरू अनेपाली भएको घुमाउरो अभिव्यक्ति पस्कन्छन् । अन्ततः पहिचानको आधारमा सङ्घीयता भनेर लेखिइसकेका दस्तावेजलाई उल्ट्याउँछन् । देशको पहिलो नारीराष्ट्रपति पनि पशुपति (हिन्दू) मन्दिरमा पुगेर आफ्नो पहिलो महिनाको तलब बुझाउँदै आदिवासी जनजातिका पहिचान मेटाउने शक्ति माग्दै शिवलिङसामू शीर निहुराउँछन् ।

फेरिपनि, दशैँको प्रसङ्ग कायम रहेको छ । भन्छन्- यो राजधानी उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)मा मात्रै कथित नेपाल सरकारले वर्षेनी दुर्इ हजारभन्दा बढी निर्दोष अनि अमूक पशुपङ्क्षीका प्राण हरेर दशैँ मनाउँदै आएको छ । त्यसका लागि एक करोडभन्दा बढी बजेट स्वहा पार्दै आएको छ । त्यसबाट भूमिपुत्रहरूमा चाहिँ ''हाम्रा पुर्खाका रगतको टीका लगाउँदै हाम्रा राज्यसत्ता'' भन्ने परिरहेको छ । हो; अब यही प्रसङ्ग अन्तिम विष्फोटको नजिक पुगेको महशुश गर्न सकिन्छ । जुन दिन विष्फोट होला, बाँकी उनै (राज्यसत्ता)ले नै जानोस् ।

यो लेखको सम्बन्ध चाडपर्वसँग हो । त्यसमा पनि दशैँसँग नै हो । दशैँ जम्मामा एक चाड वा पर्व हो । चाडपर्वको सबल पक्ष भनेको स्थानीय पर्यावरणमा अनुकूलन हो । त्यसलाई छोडेर चाड भनेको युद्ध उन्मादीमय हुनु हुँदैन । त्यसले दीगोशान्ति ल्याउँदैन । जहिले पनि युद्धको लागि आहृवान मात्रै गरिरहन्छ । वास्तविक दीगोशान्तिका लागि चाडपर्वले भूमिका खेलोस् भन्ने चाहना राख्नु चाहिँ एकताको लागि आह्वान हो । विगतमा भए गरिएका गल्तीका प्रायश्चित हो । त्यसो त चाडपर्व मनाउने ढङ्ग (विधि) सही हुनुपर्दछ । चाडपर्व युद्धसँग सम्बद्ध नभएर पर्यावरणीय महत्त्वसँग सम्बद्ध हुनुपर्छ । पर्यावरणसँगै कृषिकर्म जोडिएर आउँछ; जसले कर्मशील/सिर्जनशील हातहरू दिन्छ । त्यसैले मात्रै दीगोशान्ति दिन्छ । त्यहीबाट स्वतः समृद्धि प्राप्त हुन्छ; न कि राजनीतिक वा दशैँ जस्ता पर्व मनाएर !

बेला छँदै बुद्धि पुर्‍याउने हो भने दशैँको परिभाषा बदल्न सक्नु पर्दछ । विजयादशमीको नाममा कसैलाई दैवीकरण र कसैलाई राक्षसीकरण गर्ने कर्म अविलम्ब छोड्नुपर्छ । त्यसका लागि सर्वप्रथमतः दशैँलाई पनि कृषिकर्मसँग जोड्न सक्नुपर्छ । फसल भित्र्याउन सफल भएको कृषिपर्वको रूपमा रुपान्तरण गर्नु पर्छ । कृषिकर्म सफलताको श्रेय भने स्थानीय झ्योहो, झ्योमो, सिब्दा, ने'दा (सिमेभूमे, नागनागिनी) लगायत शक्तिहरू साथै आफ्ना महान् पुर्खालाई दिनुपर्छ । कथित दशैँ र तिहारका अन्तरसम्बन्ध केलाउन सक्नुपर्छ । हरेक पर्वहरूलाई यहीँका भूमिसँग जोड्न आवश्यक छ । दशैँ र तिहारलाई कृषि तथा पशुपालन पेशासँग जोडेर सोही अनुरूपको सांस्कृतिक रूपान्तरण गर्न सक्नुपर्छ । यसरी सोच्न र व्यवहार बदल्न नसक्नाले दशैँ चाड भन्दा पनि युद्धको शङ्खनाद मात्रै सावित हुँदैछ ।

`त्यसैले नेपालमा दशैँ (विजयादशमी)को सट्टा तामाङको म्हेनङ/म्हेनिङ, नेवारीको मोःनी, थारुको सखिया, मगरको डास्याक्केको शैलीबाट सम्पूर्ण देशले मनाउन सक्नुपर्छ । लिगलिगकोटमा मगरहरूले दौडेर राजा चुन्ने विगतलाई प्रतीकात्मक रूपमा निरन्तरता दिनुपर्छ । तेमाल क्षेत्र र आसपासका तामाङले पनि दशैँको नाममा आफ्नै म्हेनिङ बहिष्कार गर्नुको सट्टा श्रद्धेय म्हेमे रेञ्जेनदोर्जेको जन्मजयन्ती मनाउन सक्नुपर्छ ।´

त्यसैले नेपालमा दशैँ (विजयादशमी)को सट्टा तामाङको म्हेनङ/म्हेनिङ, नेवारीको मोःनी, थारुको सखिया, मगरको डास्याक्केको शैलीबाट सम्पूर्ण देशले मनाउन सक्नुपर्छ । लिगलिगकोटमा मगरहरूले दौडेर राजा चुन्ने विगतलाई प्रतीकात्मक रूपमा निरन्तरता दिनुपर्छ । तेमाल क्षेत्र र आसपासका तामाङले पनि दशैँको नाममा आफ्नै म्हेनिङ बहिष्कार गर्नुको सट्टा श्रद्धेय म्हेमे रेञ्जेनदोर्जेको जन्मजयन्ती मनाउन सक्नुपर्छ । उनको बारेमा शोधकार्य थालनी गर्नु पर्दछ । खेप्पास्हुङ र किर्पा क्लङ्बालाई निरन्तरता दिनुपर्दछ । एक ठाउँमा नभएका संस्कार संस्कृति तथा पर्वलाई अर्कोतिर पनि प्रसार गर्ने अवसरको रूपमा स्थापित गर्न सक्नु मात्रै पुर्खाप्रतिको सच्चा सम्मान् हुनेछ । अन्यथा, दशैँ नै हो भनेर म्हेनङ छोड्छ भने त्यस्ता कार्यले आफ्नै पहिचान मात्रै मास्ने छ ।

 

डास्याक्केको अवसरमा मगरले अन्नबाली भित्र्याउन सफल भएको साथै गोठमा लगिएका बस्तुभाउ सहित गोठाला गएकाहरू सफलतापूर्वक गाउँमा प्रवेश गरेकोमा खुशी मान्दै आफूले मान्दै आएका शक्तिहरूलाई पुज्न छोड्नु हुँदैन । थारु बडघरले सखियालाई निरन्तरता दिँदै आउनुलाई खुशीको विषय मान्नु पर्दछ । अबदेखि दशैँलाई हिन्दूको मात्रै चाडको रूपमा देख्ने दृश्य छोडेर परिवर्तनको लागि आँट गर्नु पर्छ । यसलाई राक्षसीमाथि दैवी विजयको रूपमा गर्दै आएका व्याख्यालाई बदल्न सक्नुपर्छ । तिहारलाई हिमाली भेगको पशुपालन तथा गोठाला जाने र गोठ सार्ने परम्परागत जीवनशैलीसँग जोडेर हेर्न सक्नुपर्छ । अन्यथा धार्मिक मिथलाई नै आधार मानेर हिन्दूसँग जोड्ने र हिन्दू मात्रै ठूला भनिरहने वा घोकाइरहने हो भने देशमा दीगोशान्तिको कल्पना गर्न सकिन्न । त्यस्ता कार्यले प्राकृतिक पक्ष तथा हरेक जीवजन्तु र वनस्पति लगायतकाका अधिकार त परैको कुरा; मानवअधिकारको पनि सुनिश्चितता हुने छैन । अझैपनि म्हेनिङ, डास्याक्के, मोःनी र सखिया मनाउनु भनेकै दशैँ मनाउनु हो भन्दै आदिवासी जनजातिले रोइलो गर्ने अनि हिन्दू तथा राज्यसत्ताले चाहिँ दशैँ लाद्छु भन्ने र त्यसभन्दा बाहेककालाई अराष्ट्रिय तत्त्व मात्रै देखिरहने हो भने यो देशलाई इतिहासमा सीमित हुन पुग्नेछ । त्यसैले, यसपालिको म्हेनिङ, डास्याक्के, मोःनी, साखिया साथै दशैँले दीगोशान्तिका लागि उल्लेख गरिएअनुसारका शक्ति र बुद्धि हामी सबैका मस्तिष्कमा प्रत्यारोपण गरोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना सहित थुजेछे (धन्यवाद) !!!

प्रतिकृया दिनुहोस्

‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

img

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण ...

के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

img

कालो बनको विचैमा खेतालाको गाउँ साना साना झुपडी छैन आमा बाउ भोका नांगा नानीहरू ...

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

img

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो ...

दिगो विकास लक्षमा आदिवासी बाहिरै

img

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको ...

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै